प्रदर्शनीमार्ग सडकभरि छरिएका प्रचार सामग्री (फोटोफिचर)


२७ मंसिर २०७८, सोमबार
congress 6 scaled

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत अहिले नेतृत्व चयनका लागि मतदान भइरहेको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा गरी दुई ठाउँबाट मतदान भइरहेको छ ।


आज (सोमबार) बिहानदेखि मतदान भइरहँदा उम्मेदवारहररूले केही दिनअघि देखि नै प्रतिनिधिहरूसँग भोट माग्दै आएका छन् । यसका लागि उनीहरूले विभिन्न प्रचार सामग्री समेत प्रकाशन गरेका छन् ।

congress 1 1


उम्मेदवारका पर्चा र पम्प्लेट सहयोगी तथा कार्यकर्ताले प्रतिनिधिहरुसँग भोट माग्न बाँड्दा प्रदर्शनीमार्गका सडक भरिएको छ । कतिपयले पम्प्लेट भीडमा उडाउने गरेका छन् । कार्यक्रमस्थलमा प्रचारका लागि डिजिटल बोर्ड राखिए पनि अधिकांश उम्मेदवारले पर्चा छापेका छन् ।

सूचना, सञ्चार तथा प्रचार विभागले पछिल्लो समय प्रविधिमा जोड दिँदै ‘डिजिटल कांग्रेस’ निर्माण अभियान थाले पनि यो महाधिवेशनमा भने यो कुरा नदेखिएको सर्वसाधरण बताउँछन् ।

 (तस्बिरहरू)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७