नेकपा ‘एस’ को प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ


२७ मंसिर २०७८, सोमबार
Jeevan ram Shrestha11639385566

काठमाडौं, २७ मंसिर । नेकपा (एकीकृत समाजवादी) को संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतक चयन गरिएको छ । सोमबार बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरिएको एक सांसदले जानकारी दिए ।

पार्टीका तर्फबाट राष्ट्रियसभाको प्रमुख सचेतकमा भने शेरबहादुर कुँवर चयन भएका छन् । बैठकमा भोलिदेखि सुरु हुने संसद् बैठकका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७