अध्यक्ष लिङ्देनलाई कमल थापाकाे पत्र : निर्मल निवासको हस्तक्षेपबारे छानविन भए पार्टी सुरक्षित


२७ मंसिर २०७८, सोमबार
kamal rajendra 1638323419

काठमाडौं, २७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चार बुँदे पत्र पठाउँदै मतदानमा निर्मल निवासको हस्तक्षेपको छानबिन गर्न माग गरेका छन् ।

अध्यक्ष लिङ्देनलाई सोमबार तीन पृष्ठको पत्र पठाउँदै निवर्तमान अध्यक्ष थापाले यस्तो माग गरेका हुन् । ‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्व राजा ज्ञानेन्द्र शाह र निर्मल निवासको हस्तक्षेपबारे छानविन गर्न निष्पक्ष छानविन समिति बनाउनु होस्’, थापाले पत्रमा भनेका छन्, ‘हस्तक्षेपको भत्सर्ना गर्नुहोस्, भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् ।’

राजसंस्था र पार्टीलाई ’रिमोट कन्ट्रोल’ बाट चलाउन चाहने निर्मल निवासको योजनाबारे पार्टीभित्र बहस शुरू गर्न माग गर्दै उनले यसो भएमा मात्रै पार्टी एकता कायम रहने जिकिर गरेका छन् ।

यदि अध्यक्ष लिङ्देनले आफ्नो मागअनुसार निणर्य लिएमा पार्टीको भविष्य पनि सुनिश्चित रहने थापाले उल्लेख गरेका छन् । पार्टीको बृहत्तर हित र एकताको पक्षमा आफू मन वचन र कर्मले प्रतिवद्ध रहेको बताउँदै थापाले आफ्नो रगत-पसिना बगेको राप्रपाको माया र हजारौँ कार्यकर्ताको भविष्यको चिन्ता रहेको पनि बताएका छन् ।

पत्रमा उनले भनेका छन् – यहाँ प्रश्न हार वा जीतको होइन । मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रुपमा नबुझिदिनुहुन विनम्र आग्रह गर्दछु । मैले जितेको भए पनि निर्मल निवासको यो हस्तक्षेप कदापि स्वीकार्य वा उपयुक्त ठहरिने थिएन । एउटा खेलाडी भएको नाताले हार वा जीतले मलाई केही फरक पार्दैन । हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिष्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा छ । राप्रपाको आन्तरिक मामिलामा निर्मल निवासको हस्तक्षेपको यो पहिलो घटना पनि होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्नै गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ । सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर राजसंस्थाको एजेन्डा बोकेर हिँड्ने मुख्य व्यक्ति त कोपभाजनमा पर्छ भने निर्मल निवासको अगाडि कोही सुरक्षित छैन ।’

k
k1
k2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७