सरकारले खरिद गरेको सात हजार मेट्रिक टन मल वीरगञ्ज भन्सारमा अलपत्र


२७ मंसिर २०७८, सोमबार
mal

पर्सा, २७ मंसिर । सरकारले किसानको लागि ल्याएको सात हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ ।

गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहिन भएको भन्दै भन्सार पास नहुँदा वीरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो । कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो । कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो । कोलकता भन्सारमा छाड्न नमिलेकाले वीरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलपत्र रुपमा छाडिएको छ ।

ड्यामेज भएर मल भन्सारमा आएकाले राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ । भिजेको मलले गोदाम मात्रै ओगटेको र त्यसको व्यवस्थापन गर्न नसकिएका कारण बन्दरगाहको खाली भू-भागमा अलपत्र तरिकाले मल फालिएको छ ।

अलपत्र रुपमा फालिएको मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो । उक्त मल २०७७ असोज १८ गते बन्दरगाह २३ सय मेट्रिक टन डीएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन (५० हजार बोरा) मल आइपुगेको थियो । सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्ररुपमा कामै नलाग्ने गरि फालिएको छ । भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७