कांग्रेसको मतदान सकियो : सभापति पदको मतगणनाको लागि तयारी थालियो


२७ मंसिर २०७८, सोमबार
voting dStWScn07n

काठमाडौँ : नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनको मतदान सोमबार राति साढे ११ बजे सकिएको छ। बिहान ११ बजेपछि सुरु भएको मतदान राति साढे ११ बजे सम्पन्न भएको हो ।

निर्वाचन समितिले भृकुटीमण्डप र राष्ट्रिय सभागृहस्थल गरी दुई स्थानमा मतदानको व्यवस्था मिलाएको थियो । मुचुल्का उठाएर सभापतिको गणना करिब १२ बजेबाट मतगणना सुरू गरिने निर्वाचन समितिले जनाएको छ।

१३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको हो ।

कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । 

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७