कांग्रेस महाधिवेशनमा जम्मा ४६७९ मत खस्यो, ६४ प्रतिनिधि अनुपस्थित


२८ मंसिर २०७८, मंगलवार
General convention of Nepali Congress scaled

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज भएको मतदानमा कुल ४६७९ मत खसेको छ ।

यो महाधिवेशनका लागि चार हजार ७४३ प्रतिनिधि छनोट भएका थिए ।

यी मध्ये ६४ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए ।

सभापति पदको राति नै राष्ट्रिय सभागृहमा सभापतिको मतगणना गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेबाट सुरू मतदान अहिले राति साढे ११ बजे सकिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७