२०७८ मंसिर २९ गते मंगलबारको तपाईको राशिफल

मोक्षदा एकादशी व्रत/गीता जयन्ती


२८ मंसिर २०७८, मंगलवार
rasifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज अधुरो काम पूरा हुन सक्छ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । कृषि कार्यमा पनि सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । प्रेममा मधुरता छाउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनमा उत्साहका साथै बोली बिक्ने समय छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ । नयाँ जिम्मेवारी पाइएला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । धार्मिक यात्राको योग र दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ कामको थालनी हुनेछ । काम गर्ने जोश, जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तीव्रता लिनेछ । वैदेशिक कार्य विस्तारै अघि बढ्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । अवसर गुम्न सक्ने र कार्य सम्पादनमा समस्या आउला । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बीच खिन्नता बढ्न सक्छ । शेयर बजारमा गरेको लगानीले नोक्सानी हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख पनि मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
चलाखीपूणर् बोलीले अधुरा बन्नेछ । राजनैतिक कार्यमा सफलता पाइनेछ । कीर्तिमानी काम गर्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वादिष्ट भोजन पाइनेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तीय संस्थाबाट सहयोग मिल्ने छ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७