दुई हजार मत गनिसक्दा देउवाले बनाए शेखरसँग फराकिलो अन्तर


२८ मंसिर २०७८, मंगलवार
mat

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावमा २ हजार ६ सय मत गणना सकिएको छ । अहिलेसम्म सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ९५८ र डा. शेखर कोइरालाले ७२६ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् भने सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ११७ र कल्याण गुरुङले ६ मत प्राप्त गरेका छन् । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्छ । ४,६७९ मत खसेकाले सभापतिमा जित्न २,३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७