कांग्रेस सभापतिको मतगणना : दुई हजार मत गनिसक्दा कसैले कटाएनन् ५० प्रतिशत


२८ मंसिर २०७८, मंगलवार

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मत गणना जारी छ । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । तर, अहिलेसम्म गणना भएको मतमा कसैले पनि ५० प्रतिशत कटाउन सकेका छैनन् । महाधिवेशनका ४,७४३ प्रतिनिधिहरूमध्ये ४,६७९ मत खसेको थियो । त्यसमध्ये अहिलेसम्म २,००६ मत गणना भएको छ ।

अहिलेसम्मको गणनाअनुसार देउवाले ९५८, कोइरालाले ७२६, सिंहले १५३, निधिले ११७ र गुरुङले ६ मत प्राप्त गरेका छन् । सबैभन्दा अगाडि रहेका देउवा र कोइरालाबीचको मतान्तर २३२ छ । देउवाले अहिलेसम्म ४७.७ प्रतिशत र कोइरालाले ३६.१९ प्रतिशत मत पाएका छन् । त्यस्तै, सिंहले ७.६२, निधि ५.८ र गुरुङले ०.३५ प्रतिशत मत पाएका छन् । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७