पाल्पा-बुटवल सडक आजदेखि दैनिक सात घण्टा बन्द


२८ मंसिर २०७८, मंगलवार
201751107 10225819594737892 2769600874564055823 n

पाल्पा, २९ मंसिर । पाल्पा बुटवल सडक खण्ड आज (मंगलबार) देखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड आउँदो पुस १३ गतेसम्म दैनिक सात घण्टा बन्द हुने भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले सूचना निकालेर आजदेखि पुस १३ गतेसम्म राति साढे नौ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द हुने जनाएको छ ।

चौडा बनाउन र पहाड कटानका लागि सडक बन्द गरिएको सडक डिभिजन कार्यालयको भनाइ छ । सिद्धबाबा-झुम्सापुल र कालीमाटी-गौडेपुलसम्म काम भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७