२,३०० मत गनिसकियो, देउवा झन अगाडि, अरु कसको कति ?


२८ मंसिर २०७८, मंगलवार
mat

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा सभापति पदतर्फको मतगणना चलिरहेको छ ।

कांग्रेसको निर्वाचन समितिले दिएको विवरणअनुसार यो खबर लेख्दासम्म २,३०० मत गनिसकिएको छ ।
जसअन्तर्गत अहिलेसम्मको परिणाम यस्तो छ

शेरबहादुर देउवा – १,१०६
शेखर कोइराला -८२२

कांग्रेस सभापति पदमा पाँच जना प्रतिस्पर्धामा रहेका भए पनि मूलतः देउवा र कोइरालाबीच कडा प्रतिष्पर्धा देखिएको छ । तर कोइरालाभन्दा अघि रहेका देउवाले मतान्तर बढाउँदै लगेका छन् । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो ।

सभापतितर्फका तीनवटै मतपेटिका (हरियो ट्यांकी) राष्ट्रिय सभा गृहका तीन अलग-अलग स्थानमा राखेर अहिले बिहान साढे ४ बजेदेखि मत गणना भइरहेको हो । सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार छन् ।
कूल मतको ५१ प्रतिशत मत कसैल ल्याउन सकेन भने पुनः मतदान गर्नुपर्ने हुन्छ । कूल मत ४ हजार ६७९ खसेको छ । कांग्रेसको निर्वाचन समितिका अनुसार त्यसका लागि एक जना उम्मेदवारका पक्षमा २३४० मत आउनुपर्ने हुन्छ ।

अन्य पदाधिकारी तथा सदस्यका लागि भएको मतदानका ८४ ट्यांकी कांग्रेसको केन्द्रीय कार्यालय ९सानेपा० मा लगिएका छन् । सभापतितर्फको मत गनिसकेपछि मात्र त्यता मत गन्न थालिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भुकृटीमण्डमा व्यवस्था गरिएका मतदान केन्द्रमा सोमबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म मतदान गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७