चीनविरुद्ध प्रदर्शन गरेको भन्दै हङकङका मिडिया सञ्चालकलाई १३ महिना जेल


२८ मंसिर २०७८, मंगलवार

काठमाडौं, २९ मंसिर । हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाईलाई १३ महिनाको जेल सजाय सुनाइएको छ । चीनविरुद्ध प्रदर्शन गरेको आरोपमा उनलाई उक्त सजाय सुनाइएको हो ।

उनले चीनको बेइजिङमा भएको टियानमेन दमनको वार्षिक अवसरमा गत वर्ष भएको प्रदर्शनमा भाग लिएका थिए । ७४ वर्षीय जिम्मीलाई गत साता गैरकानुनी सभामा भाग लिएको र अन्य मानिसलाई पनि भड्काएको आरोपमा अदालतले दोषी ठहर गरेको थियो ।

यो प्रदर्शनमा सामेल हुन सरकारले प्रतिबन्ध लगाएको थियो । यद्यपि यसमा हजारौं मानिसहरु सहभागी भएका थिए । हङकङका दुई दर्जनभन्दा धेरै नेता तथा अभियन्तालाई यो मुद्दा लगाइएको छ । सोमबार जिम्मीसहित अन्य सात जनालाई पनि सजाय सुनाइएको थियो । सजाय पाउनेमा विपक्षी नेता बनेका ग्वेनेथ हो र वकिल चो हेङ टङ पनि सामेल छन् ।

जिम्मी यसअघि नै अन्य विभिन्न मुद्दामा सजाय काटिरहेका छन् । उनी हङकङका एप्पल डेल्ली न्युजपेपरका संस्थापक हुन् । यद्यपि यो पत्रिका अहिले बन्द भइसकेको छ । उनी प्रजातान्त्रिक आन्दोलनका प्रमुख समर्थकमध्येका एक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७