देशभर ह्वातै बढ्यो चिसो, बर्षा र हिमपातको सम्भावना छ कि छैन ?


२८ मंसिर २०७८, मंगलवार
jado student

काठमाडौं, २९ मंसिर । देशभर ह्वातै सचसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस पुगेको छ । जुम्लाको सबैभन्दा कम माइनस ४.६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

मंगलबार लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । बुधबार भने प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार पनि प्रदेश नं १ तथा प्रदेश २ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७