अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको संख्या एक सय नाघ्यो


२८ मंसिर २०७८, मंगलवार
cookeville storm pRjmmLwKlX
Two men look at damage Tuesday, March 3, 2020, in Cookeville, Tenn. after a tornado hit on Monday night.(AP Photo/Wade Payne)

काठमाडौं, २९ मंसिर । अमेरिकामा आँधीका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ । केन्टुकीसहित ६ वटा राज्यमा शनिबार आएको विनाशकारी आँधीबेहरीका कारण दर्जनौं घाइते भएका अधिकारीहरूले जनाएका छन् । आँधीका कारण मिजोरी, अर्कान्सस, इलनोय, टेनिसी र मिसिसिपी राज्य प्रभावित भएका छन् ।

केन्टुकी राज्यमा मात्र ८० जनाको मृत्यु भएको जनाइएको छ । आँधीका कारण दर्जनौं सम्पर्कविहीन छन् । अन्य राज्यहरूमा १४ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । अधिकारीहरूले आँधीपछि हराइरहेकाहरूको जीवितै उद्धार गर्ने प्रयास जारी रहेको जनाएका छन् ।

राष्ट्रपति जो बाइडेनले प्रभावित क्षेत्रमा सहायताका लागि यथासम्भव प्रयास गर्ने आश्वासन दिएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बाइडेनले शनिबारको आँधी अमेरिकामा आएका हालसम्मकै ठूलामध्ये एक भएको बताएका छन् । उनले एउटा संघीय आकस्मिक विपद् घोषणापत्रमा हस्ताक्षर गर्दै केन्टुकीका लागि रकम निकासा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७