इङलिस प्रिमियर लिग : ४२ खेलाडीमा कोरोना संक्रमण


२८ मंसिर २०७८, मंगलवार
premiure leauge 1

काठमाडौं, २९ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा कोरोना संक्रमणको मार परेको छ । पछिल्लो एक साताको अवधिमा प्रिमियर क्लबहरुका ४२ खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

डिसेम्बर ६ देखि १२ सम्मको अवधिमा ३,८०५ खेलाडी, पदाधिकारी, प्रशिक्षक तथा स्टाफहरुको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टी भएको छ । यसले जारी सिजनको इङ्लिस प्रिमियर लिग फुटबलमा निर्धारित तालिका अनुसार खेल खेलाउनै समस्या पर्ने देखिएको छ ।

आफ्ना ८ जना खेलाडीमा संक्रमण पुष्टी भएपछि विगत दुई सातादेखि टोटनह्याम हट्सपरको खेल हुन सकेको छैन । यसैगरी ब्राइटन, लेष्टर सिटी, म्यान्चेस्टर युनाइटेड, एस्टन भिल्ला र नरिच सिटीमा पनि संक्रमित खेलाडीहरु फेला परेका छन् । यी क्लबहरुको खेल पनि अब अनिश्चित बनेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७