कांग्रेस सभापतिको मत गणना : ३,१८१ भोट गन्दा ५६ मत वदर


२८ मंसिर २०७८, मंगलवार
matganata

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनअन्तर्गत निर्वाचनको मत गणनामा ५० प्रतिशत मत गणना हुँदा ५६ मत वदर भएको छ ।

अहिलेसम्म जम्मा ३,१८१ मत गणना भएको छ । जसमा ५६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अहिलेसम्म देउवाले १,५०६ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १,१७८ मत प्राप्त गरेका छन् । प्रकाशमान सिंह २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।

मतगणना जारी रहँदा मतदाता र कार्यकर्ता नतिजाको पर्खाइमा राष्ट्रिय सभा गृह अगाडि भेला भएका छन् । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा ४,७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन् । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७