वेस्ट इण्डिजसँगको पहिलो टी-२० मा पाकिस्तान विजयी


२८ मंसिर २०७८, मंगलवार
331881.6 cf8iFrKnLO

काठमाडौं, २९ मंसिर । वेस्ट इण्डिजसँगको पहिलो टी-२०मा पाकिस्तान विजयी भएको छ । कराचीमा हिजो भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो ।

पाकिस्तानले दिएको २०१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ तथा ओडिन स्मिथले २४ रन बनाए ।

पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले ३ विकेट लिए । यसअघि कराचीमा पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले ७८ रन तथा हेइदर अलीले ६८ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका रोमारियोले २ विकेट लिए । जितसँगै पाकिस्तानले तीन खेलको श्रृङ्खलामा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७