गन्न बाँकी ७०२ मतमध्ये देउवाले ४४० मत ल्याए पहिलो चरणमै विजयी, नत्र दोस्रो चरण


२८ मंसिर २०७८, मंगलवार

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस महाधिवेशनमा सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवाले अझै ४४० मत प्राप्त गर्नुपर्ने देखिएको छ । कूल खसेको ४,६७९ मतको ५० प्रतिशत कटाउन देउवालाई २,३४० मत आवश्यक पर्छ । देउवाले ३,९७७ मत गणना सकिँदासम्म १,९०० मत प्राप्त गरेका छन् । अर्का प्रत्यासी शेखर कोइरालाले भने १,४६७ मत प्राप्त गरेका छन् । कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

कांग्रेस निर्वाचन समितिका अनुसार आजै बिहानसम्ममा सभापतिको मतगणना सकिनेछ । राति अबेर मतदान सकेपछि आज बिहानैदेखि मतगणना थालिएको हो । सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ । मत गणना चाँडै सम्पन्न होस् भनेर विभिन्न समूह बनाएर गणना गरिएको छ ।

सदस्य र पदाधिकारीका लागि मत खसालिएका ८४ वटा ट्याङ्की ग एराति नै पार्टी कार्यालय सानेपा लगिएको छ । १४औं महाधिवेशनबाट सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १२१ सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७