देउवाले पाएनन् बहुमत, कांग्रेस सभापति पदको चुनाव दोस्रो चरणमा


२८ मंसिर २०७८, मंगलवार
ddddf1639447254

काठमाडौं, २९ मंसिर । कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

कूल ४,५७९ मत गणना हुँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २,२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले १,७२९ मत प्राप्त गरेका छन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यस अनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । मतगणनामा देउवाले सुरुदेखि नै अग्रता लिए पनि देउवाले २,२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।

अर्का उम्मेदवार शेखर कोइरालाले १,७४९ मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७