प्रधानमन्त्री देउवाले प्रकाशमानलाई भेट्न गृहमन्त्री खाँणलाई चाक्सीबारी पठाए


२८ मंसिर २०७८, मंगलवार
Prakash man shingh
फाइल फोटो

काठमाडौं, २९ मंसिर । गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । पहिलो चरणमा सभापतिमा कसैले पनि बहुमत पुर्‍याउने अवस्था नरहेपछि खाँण प्रकाशमानको निवासमा पुगेका हुन् ।

सभापतिका प्रत्यासी एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बहुमत प्राप्त गर्ने सम्भावना कम हुँदै जाँदा देउवाले सिंहलाई आफ्नो पक्षमा पार्न खाँणलाई चाक्सीबारी पठाएका हुन् । मत गणनाको आधिकारिक रूपमा परिणाम सार्वजनिक गरिएको छैन ।

देउवाले ८२ भोटले बहुमत पुर्‍याउन सकेनन् । कुल खसेको ४,६७९ मतमध्ये देउवाले २,२५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शेखर कोइरालाले १,७२९ मत प्राप्त गरेका छन् । त्यस्तै प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।

अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ । कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७