कांग्रेस सभापतिका लागि आजै दोस्रो चरणको चुनाव, निर्वाचन समितिको बैठक बस्दै


२८ मंसिर २०७८, मंगलवार
ddddf1639447254

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएको छ । कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचन मंगलबार नै गर्ने तयारी गरेको छ । मंगलबार बिहान भएको मतगणनामा सभापति पदमा कुनै उम्मेदवार बहुमत प्राप्त गर्न सकेनन् ।

निर्वाचन समितिका एक सदस्यले भने ‘आधिकारिक मतपरिणाम केहि समयमा घोषणा हुन्छ । पहिलो चरणमा कुनै उम्मेदवारले बहुमत ल्याउन सकेनन्, दोस्रो चरणको निर्वाचन आजै गर्ने गरी छलफल शुरु भएको छ ।’

कूल खसेको ४,६७९ मतमा शेरबहादुर देउवाले बहुमत ल्याउन सकेनन् । डा. शेखर कोइरालाले दोस्रो मत प्राप्त गरेका छन् । पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ । ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ । अब देउवा र डा. शेखर कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ । राष्ट्रिय सभागृहमा मतगणना भएको थियो ।

नेपाली कांग्रेसका कूल ४,७४३ मतदाता रहेका थिए । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन् । त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन् । सभापतिको दौडबाट प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ बाहिरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७