महाधिवेशन प्रतिनिधिको नाराबाजीपछि मञ्च छाडेर हिंडे रामचन्द्र पौडेल


२८ मंसिर २०७८, मंगलवार
265786005 471888101022758 4623921186417819517 n1639457670

काठमाडौं, २९ मंसिर । कांग्रेसको निर्वाचन प्रक्रियामा सहभागी नभएका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् ।

लैनचौर बान्क्वेटमा मंगलबार बिहान आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्न मञ्चमा उक्लिएका उनी बीचमै हिंड्नु परेको छ । सभापतिका लागि चुनाव दोस्रो चरणमा पुगेपछि महाधिवेशन प्रतिनिधिले शेरबहादुर देउवा या शेखर कोइरालामध्ये एक रोज्न चर्को दबाब दिएका थिए ।

हलमा उपस्थित महाधिवेशन प्रतिनिधिहरुले आफ्नै समूहका शेखरलाई पनि साथ नदिएको भन्दै आक्रोश पोखेका थिए । तर उनी भने मञ्चमा आफूले राजनीतिक इमान र निष्ठा नछाड्ने भन्दै कसैलाई नसघाउने अडान लिइरहे ।

उता फ्लोरमा उपस्थित महाधिवेशन प्रतिनिधिहरुको आक्रोश बढ्दै गएको थियो । त्यसपछि केही महाधिवेशन प्रतिनिधिहरू मञ्चमै उक्लिएर पौडेललाई दबाब दिएका थिए । आक्रोशित महाधिवेशन प्रतिनिधिहरू पौडेलको मौनताविरुद्ध मञ्चमै उक्लिएर नाराबाजी गरेपछि पौडेललाई उनका सहयोगी र सुरक्षाकर्मीले त्यहाँबाट जोगाउँदै लगेका छन् । महाधिवेशनको मतदानमा पनि सहभागी नभएका पौडेलसँग इतर समूहका नेता कार्यकर्ता आक्रोशित छन् ।

कांग्रेसको संस्थापन इतर समूहमा सहमति नभएपछि सभापतिको दौडबाट बाहिरिएर घरमै बसेका उनी कुनै समूहमा खुलेनन् । कुनै समूहमा नखुलेका उनी सोमबारको मतदान प्रक्रियामा सहभागी भएनन् । पौडेलले सभापतिका उम्मेदवार शेखर कोइरालालाई समर्थन हुने बताए पनि खुलेर भोट मागेर सघाउन निस्किएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७