कांग्रेस महाधिवेशन : ८२ मत नपुग्दा पहिलो चरणमा चुनाव जित्न चुके देउवा

खसेको मत ४६८१ ? देउवाले पाए ४८.२३ प्रतिशत


२८ मंसिर २०७८, मंगलवार
deuwa 4
मतदान गरेर फर्किदै देउवा

काठमाडौं, २९ मंसिर । कांग्रेस सभापति चयनका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार पहिलो चरणमा जम्मा ४,६८१ मत खसेको छ । जसमा सभापतिका उमेदवार शेरबहादुर देउवाले २,२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १,७२९ मत प्राप्त गरेका छन् ।

निर्वाचन समितिका अनुसार देउवाले कुल मतको ४८.२३ प्रतिशत मत प्राप्त गरेका छन् । त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुनका लागि कुल खसेको मतको ५० प्रतिशत मत प्राप्त गर्नु अनिवार्य छ ।

तर कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नआउँदा दोस्रो चरणमा जान लागेको हो । जसमा देउवालाई ८२ मत पुगेन भने कोइरालालाई ६११ मत अपुग भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७