दोस्रो चरणको चुनावमा देउवालाई निधिको पनि समर्थन


२८ मंसिर २०७८, मंगलवार
deuba nidhi

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएका छन् ।

सोमबारको पहिलो चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने क्रममा पहिलो चरणका सभापति उम्मेदवार निधिको निवास पुगेका हुन् । त्यस क्रममा निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो । यसअघि पहिलो चरणका अर्का प्रत्याशी प्रकाशमान सिंहले पनि आफ्नो समूहको सहयोग देउवालाई हुने बताइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७