सदन अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निणर्य


२८ मंसिर २०७८, मंगलवार
perish dada party

काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रले संसद् अवरोध खुलाउन पहल गर्ने निणर्य गरेको छ । आज (मंगलबार) बिहान बसेको संसदीय दलको बैठकले सदनको अवरोध खुलाउन आग्रह गर्ने निणर्य गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।

‘एमालेले सदन अवरोध गरिरहेको छ । एमालेले उठाएको मुद्दाका बारेमा सदनले हल गर्न सक्ने विषय परेन । तथापी सदनमा ध्यानाकर्षण गराइसक्नु भएकाले सदन खुलाउनतर्फ सकारात्मक भएर सोच्नुपर्‍यो । सधै सदन अवरुद्ध गरिरहँदा सिस्टम असफल हुन्छ’, गुरुङले भने, ‘ त्यसैले सदन खुलाउन आग्रह गर्नुपर्छ । सर्वदलीय बैठक बसेर संसद् खुलाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ ।’

आजबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ । एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै संसद् बैठक अवरोधलाई निरन्तरताको तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७