तल्लो मोदीले थाल्यो व्यवसायिक विद्युत उत्पादन


२८ मंसिर २०७८, मंगलवार
bijuli
फाइल फोटो

पर्वत, २९ मंसिर । पर्वतको मोदी गाउँपालिका र कुश्मा नगरपालिकाको तल्लो मोदी जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । २० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाले कात्तिक अन्तिम सातादेखि परीक्षण उत्पादन थालेको थियो । परीक्षण उत्पादन सफल बनेपछि आयोजनाबाट व्यवसायिक उत्पादन सुरु भइ प्रसारण लाइनमा जोडिएको हो ।

वि.स.२०६९ सालदेखि निर्माण सुरु भएको आयोजना २०७४ सालको असारभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, २०७२ सालको भूकम्प र सोही वर्षको भारतीय नाकाबन्दीले आयोजनालाई चार वर्ष पछाडि धकेलेको हो । यसका साथै, आयोजनाले स्थानीय र कामदारको अवरोध समेत सहनुपर्‍यो ।

आयोजनाको निर्माण सुरु गर्दा तीन अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अनुमानित समयभन्दा चार वर्ष पछाडी धकेलिँदा लागत बढेको आयोजनाले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७