बागमतीमा मन्त्रिपरिषद विस्तार हुँदै : माओवादीबाट तीन जना थपिने


२८ मंसिर २०७८, मंगलवार
bagmati government maoist 1bVOBYcc6v

हेटौंडा, २९ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज (मंगलबार) मन्त्रिमण्डल विस्तार गर्दैछन् । विस्तार गर्न लागिएको मन्त्रिमण्डलमा सत्ता साझेदार माओवादी केन्द्रबाट विशाल खड्का, रत्न ढकाल र घनश्याम दाहाल थपिने स्रोतले जनाएको छ ।

मन्त्री बन्न लागेका खड्का दोलखाका प्रदेश सांसद हुन् । दाहाल चितवनका प्रदेश सांसद हुन् भने ढकाल काभ्रेका हुन् । यसअघि गत कात्तिक २५ मा दुई जना मन्त्री थपेर ६ सदस्यीय बनाइएको थियो । त्यसबेला माओवादी केन्द्रबाट शालिकराम जमकट्टेल र नेपाली कांग्रेसबाट निमा लामा मन्त्री भएका थिए ।

त्यसअघि कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला तथा कानुन, कुमारी मोक्तान समाजिक विकास र कृष्णलाल भँडेल भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका थिए । मंगलबार तीन मन्त्र थपिएसँगै बागमती सरकार अब ९ सदस्यीय भएको छ । बागमतीमा पाँच दलीय गठबन्धनको सरकार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७