शेखर कोइरालाले दोस्रो चरणको चुनाव लड्ने


२८ मंसिर २०७८, मंगलवार
shekhar koirala

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले दोस्रो चरणको चुनाव पनि लड्ने भएका छन् । उनले यसबारेमा जानकारी दिनको लागि अहिले पत्रकार सम्मेलन गर्न लागेका छन् ।

शेरबहादुर देउवाले पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन हुन लागेको हो । तर, सभापतिको दौडमा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई समर्थन गर्ने घोषणा गरेपछि कोइरालाले चुनाव नलड्ने चर्चा चलेको थियो ।

तर कोइरालाले दोस्रो चरणको निर्वाचन लड्ने बताएका छन् । ‘उहाँले देउवा पक्षमा लागेकाहरुको समेत तान्न सक्ने विश्लेषण गरेर दोस्रो चरणको निर्वाचनमा जाने बताउनु भएको छ’, स्रोत भन्छ । निर्वाचन परिणाम आएलगत्तै शेखरले आफू पक्षका नेताहरुलाई होटल मेरिटमा छलफल गरेका थिए ।

उनले रामचन्द्र पौडेल, शशांक कोइरालासँग सुझाव मागेको र गगन थापा, मिनेन्द्र रिजाल लगायतसँग भने छलफल नै गरेको स्रोतले बताएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि सोमबार मतदान भएर मंगलबार बिहान परिणाम आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७