माओवादी केन्द्रको राष्ट्रिय सभा सचेतकमा गोपी अछामी


२८ मंसिर २०७८, मंगलवार
thumb 1 2

काठमाडौं, २९ मंसिर । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाको सचेतकमा गोपी अछामीलाई चयन गरेको छ । संसदीय दलको बैठकले सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारीलाई चयन गरेको छ ।

त्यसैगरी २१ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ । त्यसैगरी बैठकले संसदमा देखिएको गतिरोध अन्त्य गर्नका लागि ’दलको तर्फबाट सर्वदलीय बैठक बसी संसदको गत्यारोध हटाउन पहल गर्ने’ निणर्य गरेको दाहालको सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले प्रतिनिधिसभा अवरोध गर्दै आएको छ । एमालेले वर्षे अधिवेशनमा पूरै समय अवरोध गरेको थियो । एमालेले हिउँदे अधिवेशनमा समेत अवरोध गर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७