शेखर कोइरालाको अपिल : गुट-उपगुट बिर्सेर अन्तरआत्माको आवाजलाई भोटमा प्रतिविम्बित गर्नुस्


२८ मंसिर २०७८, मंगलवार
shekhar koirala

काठमाडौं : नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले गुट–उपगुट बिर्सेर विवेक प्रयोग गर्न अपिल गरेका छन् । आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्न उनको आग्रह छ ।

पहिलो चरणको चुनावी परिणामपछि नागरपोखरीस्थित अरणय होटलमा पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’

कांग्रेसको समग्र जीवनमा परिर्वतन र सुधार गर्ने आफू र आफ्नो टीमको प्रतिज्ञा भएको उनले बताए । भने, ‘साथीहरुले भरोसा गरेर जुन भोट दिनुभयो, त्यसका लागि कृतज्ञता व्यक्त गर्छु ।’

परिणाम जे आएपनि आफूले चुनावी नतिजा स्वीकार गर्ने कोइरालाले बताए । १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा कोइराला, शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएकानिधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७