संसद बैठकमा एमाले सांसदको नाराबाजी


२८ मंसिर २०७८, मंगलवार
samsad uml

काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (मंगलबार) देखि शुरु भएको छ । तर आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसदमा नाराबाजी गर्दै बैठक अवरोध गरेका छन् । दिउँसो २ बजेदेखि बैठक शुरु हुने बित्तिकै एमाले सांसदले नाराबाजी गरेका हुन् ।

एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरेका सांसदलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् । तर सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गरेका छन् ।

आजको संसद् बैठकमा ६ वटा अध्यादेश पेस हुने कार्यसूची रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७