देउवा नेतृत्वलाई निरन्तरता नदिन गगन थापाको अपिल
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेसमा विद्यमान नेतृत्वलाई निरन्तरता नदिन मतदाता प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।
आज (मंगलबार) एक अपिल प्रकाशित गरी थापाले सभापतिका उम्मेदवार डा. शेखर कोइरालालाई सघाउन महाधिवेशन प्रतिनिधिसँग आह्वान गरेका छन् ।
अपिलमा उनले ‘आजको गलत निणर्यले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ’ भनेका छन् । उनले सभापतिमा दोस्रो चरणको मतदान हुनु भनेको कांग्रेसले विद्यमान नेतृत्वको निरन्तरता नचाहेको स्पष्ट भएको दाबी पनि गरेका छन् ।