एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई कोभिड संक्रमण


२८ मंसिर २०७८, मंगलवार
pradeep
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई कोभिड-१९ को संक्रमण भएको छ । ज्ञवालीले आफूलाई सामान्य लक्षण देखिएको भन्दै सम्पर्कमा आएकाहरूलाई लक्षण देखिनासाथ परीक्षण गराउन आग्रह गरेका छन् ।

‘कोभिड संक्रमण देखिएको छ । लक्षण सामान्य छन् । विगत ४-५ दिनका बीचमा निकट सम्पर्कमा आउनु भएका सबैलाई सजग र सुरक्षित रहन एवं कुनै लक्षण देखिना साथ परीक्षण गराउनु हुन अनुरोध छ । सम्पर्कका लागि एसएमएस या इमेल प्रयोग गरिदिनु भए आभारी हुने थिएँ’, उनले फेसबुकमार्फत् भनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७