कांग्रेस सभापतिको दोस्रो चरणको मतदान शुरु, देउवाले हाले भोट


२८ मंसिर २०७८, मंगलवार
deuba matadan

काठमाडौं । कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचन शुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । पहिलो निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि पुनः मतदान भएको हो ।

निर्वाचन साँझ ७ः३० बजेसम्म चल्ने समितिले जनाएको छ। पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवाले २,२५८, शेखर कोइरालाले १,७०२, प्रकाशमान सिंहले ३७१,विमलेन्द्र निधिले २५० र कल्याणकुमार गुरुङले २२ मत ल्याएका थिए । खसेको मतमध्ये ७६ मत वदर भएको थियो । दोस्रो चरणको मतदानमा देउवालाई सिंह, निधि र गुरुङले समर्थन गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७