एमसीसीको विरोध गर्ने सीपी गजुरेलसहित ४२ जना प्रहरी नियन्त्रणमा


२८ मंसिर २०७८, मंगलवार
CPgajurel1 20211214102513

काठमाडौं । नयाँ बानेश्वरस्थित ससंद् भवन अगाडि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा नाराबाजी गरेको भन्दै ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेललगायत रहेका छन् ।

एमसीसी संसद्बाट पारित नगर्न माग गर्दै संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन भएको अखिल क्रान्तिकारीका नेता मदन केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७