२६४ मा कोरोना संक्रमण, ३६२ निको, दुईको मृत्यु


२८ मंसिर २०७८, मंगलवार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ९,३९२ पीसीआर र ४,३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ६०९ जना पुगेको छ । कुल संक्रमितमध्ये ५,६८९ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ३६२ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ । हाल ९६ जना क्वारेन्टाइनमा छन् । १२० जना आइसीयू र २७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २ लाख ३६ हजार ४८२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७