सभामुखलाई ओलीको चेतावनी : उत्तेजनामा नआउनुस्, परिणाम नराम्रो होला

‘नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन’


२८ मंसिर २०७८, मंगलवार
kp oli agni

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्निप्रसाद सापकोटालाई चेतावनी दिएका छन् । आज (मंगलबार) संसदीय दलको बैठकमा बोल्दै ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिएका हुन् ।

उनले संसदमा आफ्नो पार्टीका सांसदहरुले बिरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम राम्रो नहुने चेतावनी दिएका हुन् । ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सापकोटालाई सचेत गराए ।

‘फेयर गराउन हामी बाध्य गराउछौं । संसद पनि फेयरली चलाउनु पर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ ? वाह ! संसदीय भाषा; नियमावली आकिर्षित हुन्छ । कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर धम्की दिने जमाना थियो होला ! अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरुलाई, कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई; म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७