कांग्रेस सभापतिको निर्वाचन : एक हजार पाँच सय मत खस्यो (अपडेट)


२८ मंसिर २०७८, मंगलवार
matadan

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा अहिलेसम्म १५ सय मत खसेको छ । दोस्रो चरणको निर्वाचनमा १५ सय बढी मत खसेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो । राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदाताका लागि मत संकेत गर्न छ स्थान कायम गरिएको छ ।

मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ-आफ्नो पक्षमा मतदान गर्न मत मागिरहेका छन् । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो । मतदानका लागि साँझ ७ः३० बजेसम्मको समय व्यवस्थापन गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७