नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम १० मा


२८ मंसिर २०७८, मंगलवार
namrata miss

काठमाडौं । नम्रता श्रेष्ठ मिस वर्ल्डको सेमिफाइनल (अन्तिम १०) मा पुगेकी छिन् । अमेरिकामा जारी मिस वर्ल्डको शीर्ष १० मा पुगेपछि नम्रताले ब्युटी विथ अ पर्पोज राउण्डमा आफ्नो प्रस्तुती दिनेछिन् । यसअघि नेपालबाट मिस वर्ल्डमा सहभागी प्रतिस्पर्धीले यो विधा जित्दै आएका छन् ।

हेड टु हेड विधामा इन्डोनेसियाकी प्रतिस्पर्धीलाई पछि पार्दै नम्रता सेमिफाइनलमा पुगेकी हुन् । हेड टु हेड च्यालेन्जमा यो वर्ष सहभागी प्रतिस्पर्धाीहरुलाई २ मिनेटमा आफ्नो ब्युटी विथ अ पर्पोज प्रोजेक्टको बारेमा बोल्न दिइएको थियो ।

ब्युटी विथ अ पर्पोज प्रोजेक्टमा मिस नेपाल नम्रताले धादिङको विकट समुदाय छिरिङगेको प्रोफाइल देखाउने छिन् । जसमा त्यहाँको समुदायको भाषा, संस्कृति, रहनसहन, परम्पराको बारेमा जानकारी गराउने छिन् । मिस वर्ल्डको फाइनल १६ डिसेम्बरमा अमेरिकाको पिएर्टो रिकोमा हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७