बीओकेका कार्डवाहकलाई सस्तोडिलको सुपर डे योजनामा ३ हजारसम्म छुट


२८ मंसिर २०७८, मंगलवार
Sastodeal Super Day

काठमाडौं, २८ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डवाहकहरुले सस्तो डिलको सुपर डे योजनामा तीन हजार रुपैयाँसम्मको छुट पाउने भएका छन्।

पछिल्लो समय ग्राहकहरुमा प्रविधिको प्रयोग गरी अनलाइनमार्फत आफूलाई आवश्यक विभिन्न सामानहरु खरिद गर्ने बानी रहेकोले बैंकले उक्त छुट अफर ल्याएको हो।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गर्न लागेको छ। यसअन्तर्गत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डवाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्मको छुटको सुविधा पाउनेछन्।

यो योजनामा बैंकको कार्डवाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी उक्त छुट पाउनेछन् भने अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्ने बैंकले जनाएको छ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७