ग्लोबल आइएमई बैंकको १५ औं वार्षिक साधारणसभा : १३.५ प्रतिशत लाभांश पारित


२८ मंसिर २०७८, मंगलवार
chandra dhaka gbime2021b XpS5EA2VJn

काठमाडौं, २८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७र७८ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । मंसिर २७ गते (सोमबार) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा सम्पन्न भएको बैंक साधारणसभाले कूल १३.५ प्रतिशत लाभांश पारित गरेको हो ।

chandra dhaka gbime2021d 6GZfFkFjoW

बैंकले आर्थिक वर्ष २०७७र७८ मा सात अर्ब नौ करोड रुपैयाँ सञ्चालन मुनाफा र करपछिको मुनाफा चार अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्तापुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा बैंक सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाकालदेखि नै नेपाल सरकार एवम् नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालन गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताएका थिए ।

chandra dhaka gbime2021c 8efWytsYlH

ढकालले व्यावसायिक रणनीतिक योजनाअनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारमा सन्तुलित रूपमा बैंकको उपस्थिती वृद्धि गर्दै जाने पनि उल्लेख गरे । कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवाप्रवाह गर्दै ग्राहकहरूलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको पनि ढकालले दाबी गरे । नेपाल राष्ट्र बैंकले २०७९र८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रूपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गर्दै जाने पनि उनले जानकारी दिए ।

बैंकको खुद मुनाफा आर्थिक वर्ष २०७६र७७ को तुलनामा आर्थिक वर्ष २०७७र७८ मा ४३.२० प्रतिशतले वृद्धि भई चार अर्ब १६ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले दुई खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै दुई खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको जनाएको छ ।

सबै क्षेत्र(वर्गसम्म बैंकिङ्ग सेवा पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७