महालक्ष्मी विकास बैंकको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


२८ मंसिर २०७८, मंगलवार
Sukedhara CSR

काठमाडौं ,२८ मंसिर । महालक्ष्मी विकास बैंकको सुकेधारा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धुम्रबराह माध्यामीक विद्यालयको प्रागंणमा सञ्चालित उक्त शिविरमा कोभिड एन्टिजेन, रक्तचाप र सुगरको निशुल्क परीक्षण गरिएको थियो ।

निःशुल्क स्वास्थ्य शिविरबाट करिव १०० जना लाभन्वित भएको बैंकले जनाएको छ । कोरोना भाइरस नियन्त्रणको प्रयास र समयमै रोगबारे जानकारी होस भन्नेर उक्त कार्यक्रम आयोजना गरिएको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले बताए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७