मतान्तर बढाउँदै देउवा : १७०० मतगणना हुँदा देउवालाई ९९२ मत


२९ मंसिर २०७८, बुधबार
Sher bahadur deuba VS Sekhar koirala

काठमाडौं :  नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रतासँगै मतान्तर पनि बढाउँदै गएका छन् ।  

१७०० मतगणना हुँदा देउवाको पक्षमा ९९२ मत खसेको छ । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाका पक्षमा ६८९ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार पुन : मतदान भएको हो । पहिलो चरणमा कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।

पहिलो चरणमा देउवाले २२५८ मत पाएका थिए भने शेखरले १७०२ मत पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए ।

दोस्रो चरणमा देउवालाई ३७१ मत ल्याएका सिंह, २४९ मत ल्याएका निधि र केबल २० मत ल्याएका गुरुङले दोस्रो चरणको निर्वाचनमा साथ दिएका छन् ।

दोस्रो चरणमा दिउँसो साढे ३ बजेपछि ६ घण्टाको अवधिमा ४ हजार ५६२ जनाले मतदान गरेका छन् । यो पहिलो चरणमा भन्दा ११७ मत कम हो । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६६९ जनाले पहिलो चरणमा मतदान गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७