पहिलोपल्ट सूर्यको वायु मण्डलमा पुग्यो नासाको विमान


२९ मंसिर २०७८, बुधबार
parker solar probe B5yM1eLyfr

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले पहिलो पटक आफ्नो विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ । मंगलबार नासाले आफ्नो ‘पार्कर सोलार प्रोब’ विमान सूर्यको वायुमण्डलमा प्रवेश गरेको बताएको छ ।

नासाले यसलाई ऐतिहासिक क्षण भएको बताएको छ । बीबीसीले उल्लेख गरेअनुसार नासाको विमान सूर्यको वायुमण्डलको ‘कोरोना’ क्षेत्रमा प्रवेश गरेको हो । यो विमान गत अप्रिलमा नै सूर्यको उक्त क्षेत्रमा प्रवेश गरे पनि प्राप्त विवरणहरूको अध्ययनपछि अहिलेसम्म त्यसको पुष्टि भएको हो । नासाले सूर्यको विषयमा थप अध्ययनका लागि यो विमान पठाएको थियो ।

उक्त विमान सूर्यको निकै नजिकसम्म पुगोस् भन्नका लागि अत्यधिक ताप सहन सक्ने सामग्रीमा राखेर विमानलाई सूर्यतर्फ पठाइएको थियो । सूर्यको सतहमा यसले छुन सकेको अवस्थामा त्यसबाट निकै महत्वपूणर् जानकारी पाउन सकिने वैज्ञानिकहरुले बताएका छन् ।
नासाले तीन वर्षअघि यो विमान सूर्यतर्फ पठाएको थियो । विमान प्रतिघण्टा पाँच लाख किलोमिटरको गतिमा सूर्यतर्फ बढ्दा अहिले सूर्यको सतहको सबैभन्दा नजिक पुगेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७