काठमाडौं महानगरका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२९ मंसिर २०७८, बुधबार
Bishes Adalat2020 02 05 05 10 01

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका निर्देशकसहित पाँच जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।

भ्रष्टाचार गरेको आरोपमा महानगरका निर्देशक भैरवबहादुर बोगटी, खरिद इकाइका प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक वीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जानकारी दिएको छ । टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकनमा पाँच जनाको संलग्नता रहेको आयोगले जनाएको छ ।

गलत लिखत तयार गरी निर्माण व्यवसायी छनोट गरेको हुँदा उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्यांकन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गर्नेहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय माग-दाबी गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Capture 8

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७