नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला

‘पार्टी पहिले जस्तो बेथितिले चल्न दिदैनौं’


२९ मंसिर २०७८, बुधबार
Dr. Shekhar Koirala

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी पहिले जस्तो बेथितिले चल्न नदिने बताएका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चार वर्षे हो । चार वर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो । जसरी पहिलो कार्यकाल साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौं ।’

उनले आफू पराजित भए पनि यसलाई स्वाभाविक रुपमा लिएको बताए । ‘ निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्‍यो, किन गर्‍यो भन्ने चिन्ता पनि छैन’, उनले थपे, ‘अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नु हुनेछ । म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौं । भागबण्डा र गुटबन्दीमा लाग्दैनौं । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७