बैंक अफ काठमाण्डूद्वारा १० प्रतिशत बोनस सेयर पारित


२९ मंसिर २०७८, बुधबार
AGM Image

काठमाडौं, २९ मंसिर । बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ।

सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टाण्ड्र्डस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ।

सभाले २०७७र७८ सम्मको संचित मुनाफाबाट २०७८ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश ९लाभांशमा लाग्ने कर समेत० वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७