उपसभापतिमा गुरुङको अग्रता, खड्का दोस्रो स्थानमा


२९ मंसिर २०७८, बुधबार
thumb 8

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।

१७०० मत गन्दा धनराज गुरूङले ७४५ मत ल्याएर अग्रता लिएका छन् । त्यस्तै, डा. चन्द्र भण्डारीले ६७२ र पूर्णबहादुर खड्काले ५८० मत हाँसिल गरेका छन् । अहिले खड्का गुरूङ र भण्डारीसँग पछि परेका हुन् । यस अघि उनी गुरूङसँगमात्रै पछि परेका थिए ।

त्यस्तै, विजयकुमार गच्छदारले भने ५७० मत ल्याएका छन् । गुरूङ र भण्डारी शेखर कोइराला समूहबाट चुनावी प्रतिष्पर्धामा छन् भने खड्का सभापति शेरबहादुर देउवाको प्यानलबाट हुन् ।।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७