प्रकाशमान र विमलेन्द्र निधिहरुसँग इतिहासले उत्तर मागिरहने छ : गगन थापा (भिडिओ)


१ पुष २०७८, बिहीबार
Gagan Thapa

काठमाडौं : नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले कांग्रेसको नेतृत्व परिर्वतन नभए कांग्रेस वर्वाद हुन्छ भन्नेहरु एकै रातमा कसरी परिर्वतन भए ? त्यसको उत्तर इतिहासले मागिरहने बताएका छन् ।

प्रकाशमान सिंह र विमलेन्द्र निधितर्फ लक्षित गर्दै थापाले भने, ‘नेतृत्व सभापतिमा दोहोरिँदा कांग्रेस प्रजा परिषद् जस्तो हुन्छ। कांग्रेस पार्टी डुब्छ। देश डुब्छ भन्नेहरुले एकाबिहानै नेतृत्व यहीँ नेतृत्व दोहोरिएन भने वर्वाद हुन्छ, यही नेतृत्वलाई जिताउनुपर्छ भन्दै भोट माग्ने अवस्था किन आयो ? छ घण्टामा केले कसले बदल्यो ? यो प्रश्नले जसलाई पनि लखेट्छ ।’

नेता थापाले पार्टीलाई बलियो बनाउने कुरामा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग सहकार्य हुने तर देउवाले पार्टी हित विपरित काम गरेमा आफूहरुलेले संघर्ष गर्ने बताए। 

थापाले कांग्रेसका सम्मानित नेताहरु कसैको प्राइभेट नभएको बताए । भने, ‘गणेशमान, विपी र महेन्द्रनारायण निधि कसैको प्राइभेट पोपर्टी होइन, हाम्रा पनि बा हुन् सम्पत्ति हुन्। कम्युनिस्ट नमिलेको अवस्थामा मात्रै कांग्रेसले चुनाव जित्न सक्छ। चुनावमा जितको ग्यारेन्टी देउवाले कसरी लिन सक्नुहुन्छ र भोलि कम्युनिस्ट मिल्दैनन भन्ने ग्यारेन्टी के ?’

थापाले सभापति शेखर कोइरालाले चुनाव नजिते पनि ४० प्रतिशत मत पाएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी लिएर चार वर्ष क्रियाशील हुन आग्रह गरे । उनले अघि भने, ‘हिजो गरेको गल्ती दोहोर्‍याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’

पार्टीलाई विधि पद्धतिअनुसार सञ्चालन गर्न सभापति देउवालाई निरन्तर दबाव दिने थापाले बताए । उनले अघि भने, ‘सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७