परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ छ : श्रममन्त्री श्रेष्ठ (भिडिओ)


१ पुष २०७८, बिहीबार
krishnakumar shrestha tanahu leaders scaled

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले परम्परागत दासत्वको समस्या हल गर्न सरकार दृढ रहेको बताएका छन् ।

कृषि बधुवा मजदुर अधिकार मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले देशका विभिन्न भुगोलमा रहेका हलिया, कमैया र हरुवा–चरुवाको पुनर्स्थापनाका विषयमा देखिएका समस्या दीगो रुपमा समाधानका लागि पहल गर्ने बताए ।

श्रेष्ठले पछाडी पारिएका वर्ग समुदायको उत्थान, पुनर्स्थापना, रोजगारीसँग जोडिएका बिषयहरुको न्यायोचित समाधान गर्ने प्रतिबद्धता जनाए । उनले आवश्यकता, रुची र सम्भाव्यताका आधारमा मुक्त हलियाहरूको सीप र क्षमताको विकास गर्ने, स्वरोजगार बनाउने, आर्यआर्जनमा लगाउने खालको कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए ।

श्रेष्ठले लपूर्वक श्रम र न्यून ज्यालाको समस्या समाधानको पहल गर्ने बताए । सरकारले संविधानको मर्म र भावनाअनुसार भूमिहीन, सुकुम्वासी तथा दासत्वसँग जोडिएका मुद्दाहरूलाई सदाका लागि अन्त्य गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७